असोज २९ गते २०८३ || October 15, 2026

जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा


बुधबार, पुस ३ २०८१०४:५५

जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

विनोद भण्डारीको अर्धशतकीय पारीसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको पहिलो क्वलिफायर खेलमा जनकपुर बोल्ट्सलाई आठ विकेटले हाउँदै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको हो । 

जितका लागि एक सय ४० रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.३ ओभरमा दुई विकेटको क्षतिमा एक सय ४१ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले अविजित अर्धसतकीय इनिङ्स खेल्नुभयो । उहाँले ५५ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ५८ रन बनाउनुभएको हो । विनोद प्लेयर अफ दि म्याच हुनुभयो । 

यस्तै सईफ जैवले ३२ रन बनाउनुयो । ब्रान्डन म्याकमुलेनले २५ र कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित २० रन बनाउनुभयो । 

बलिङमा जनकपुरका ललित राजवंशी र किशोर महतोले एक एक विकेट लिनुभयो । फाइनलमा सुदुरपश्चिमले शनिबार कर्णाली याक्स र जनकपुर बोल्ट्सको विजेतासँग खेल्नेछ ।

यसअघि बुधबारनै भएको एलिमिनेटर खेलमा कर्णालीले चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । दोस्रो क्वालिफायरको खेल बिहीबार हुनेछ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend