असोज २९ गते २०८३ || October 15, 2026

देशकै गौरव एनपिएल


आइतबार, पुस ७ २०८१०९:५६

देशकै गौरव एनपिएल

नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो पटक सफल रूपमा सम्पन्न गरेर नेपालले विश्वलाई नै चकित पार्नु चानचुने विषय होइन । यसले बहुआयामिक प्रभाव दिँदै पर्यटन व्यवसायमा खेल पर्यटनको नयाँ अध्याय थपेको छ । देशको शिथिल अर्थतन्त्रलाई माथि उठाउन राम्रै योगदान बुझ्न सकिन्छ । कुलमा एक अर्बभन्दा बढीको कारोबार एनपिएलले दिएकाले अर्थतन्त्रमा नयाँ सम्भावना अब खोज्नु पर्छ । शनिबारको अन्तिम खेलमा कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा देखिएको व्यापक दर्शक उत्साहले देशमा नयाँ सम्भावनाको ढोका खोलेको छ । अन्तिम दिन जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको खेल अति नै रामाञ्चक रह्यो । कठिन मेहनतमा जित जनकपुर बोल्ट्सको भयो र एक करोड १० लाख हात पार्यो । जित र हार यो एनपिएलको मूल विषय होइन । मङ्सिर १५ गतेदेखि सुरु एनपिएलको यो महापर्वले समग्रमा नेपालको गौरव संसारसामु चिनायो । देशले राम्ररी जित्यो ।

 

पहिलो एनपिएल देशभित्रका धेरै टिमले उदाउने मौका पाए । अन्तिम खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स पुगे । खेलमा साथ दिने काठमाडौँ गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले सक्नु खेले । खेल अवधिभरमा आफ्नो टिमलाई सशक्त उतार्न भगीरथ प्रयास गरे । यसले देशभित्र क्रिकेटको भौगोलिक विस्तारलाई व्यापक बनायो । हरेक टोलीमा विदेशी खेलाडीसमेतको सहभागिताले विकासशील देश नेपालले विदेशी खेलाडीलाई महँगो मूल्यमा मैदानमा उतार्न सफल भयो । यसले विश्वका सामुन्ने विशिष्ट पहिचान दिन सक्ने अब्बल उदाहरण प्रस्तुत गरेको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend