स्पेनिस ला लिगाको उपाधि होडमा रहेको बार्सिलोनालाई अर्को बलियो टोली एट्लेटिको म्याड्रिडको नमिठो झट्का लागेको छ ।
शनिबार राति भएको खेलमा एट्लेटिकोले बार्सिलोनालाई २–१ गोलले हरायो । बार्सिलोनालाई घरेलु मैदानमा हराउन एट्लेटिकोका रोड्रिगो डी पउल र एलेक्सजेन्डर सोर्लोथले गोल गर्नुभयो । बार्सिलोनाका लागि पोड्रीले गोल गरेका थिए ।
खेलमा सुरुवाती अग्रता बार्सिलोनाले लिएको थियो । पोड्रीले ३०औँ मिनेटमा गोल गर्दै टोलीको उत्साह जगाए । त्यसपछि पउलले ६०औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमाल्याए । दोस्रो हाफको इन्जुरी समयमा सोर्लोथले गोल गर्दै एट्लेटिकोलाई जिताए । एट्लेटिको ला लिगामा १८ वर्षपछि बार्सिलोनालाई उसैको मैदानमा हराएको हो ।