त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर कार्यक्रमका लागि सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन पढाइ हुने भएको छ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कार्यक्रम संयोजक दिपकबहादुर अधिकारीले यसबारे जानकारी दिएका हुन्।
सन् २०२१ मा त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन स्नातकोत्तर कार्यक्रम सञ्चालन हुँदै आएको थियो।
त्यसैमा अब सार्वजनिक नीतिको शिक्षा पनि प्रदान गर्न लागेको कार्यक्रम संयोजक अधिकारीले बताए।