कार्य्रक्रम समापन
प्रतिवेदन
मानसिक स्वास्थ्य पोखराः जीवन एउटै छ, यसलाई प्राथमिकता दिऔँ ।
पौष १ – पौष १५
प्रस्तोतकर्ता
नेशनल सोलुसन एण्ड रिसर्च सेन्टर
तिनकुने– ३२, काठमाडौँ
०१ – ४१११६७९
क. कार्यक्रम पृष्ठभूमि
नेशनल सोलुसन एन्ड रिसर्च सेन्टर (NSRC)द्वारा “मानसिक स्वास्थ्य पोखरा” नामक परियोजना सञ्चालन गरिएको
थियो, जसको उद्देश्य मानसिक स्वास्थ्यको बारेमा जनचेतना बढाउनु र मानसिक स्वास्थ्यसँग सम्बन्धित सामाजिक
कलंक कम गर्नु थियो। नेपालमा मानसिक स्वास्थ्य लामो समयदेखि एक कलंकित अनि कम छलफल हुने विषय रहेको
छ। पछिल्लो समयबाट यसले केही भएपनि नेपाली समाजमा ठाऊँ बनाउदैँ आएकोभएतापनि यो अलि विकसित समाज
र व्यक्तीहरुमा मात्र सिमित भएको हामी देख्न सक्छौँ । त्यसैले यस परियोजना मार्फत ल्क्च्ऋ ले अभिभावक, शिक्षक,
र विद्यार्थीहरुलाई यस विषयमा शिक्षित गरेर यस अवरोधलाई कम गर्ने उद्देश्य राखेकोथियो। यो पहल मार्फत विभिन्न
शैक्षिक संस्थाहरु र अन्य समुदायमा मानसिक स्वास्थ्यको बढ्दो आवश्यकताको बारेमा सम्बोधन गर्ने जमर्को ल्क्च्ऋ
ले राखेको छ ।
यो परियोजनामा पोखराका विभिन्न क्षेत्रहरूलाई लक्षित गरिएको थियो, जसमा विद्यालय, स्नातक क्याम्पस, विश्वविद्यालय,
राष्ट्रिय सुरक्षा बलहरू, र धार्मिक संस्थाहरू समावेश थिए। २० वटा संस्थाबाट २,००० भन्दा बढी सहभागीहरूले
कार्यक्रममा भाग लिए, जुन पौष १ देखि पौष १५, जम्मा १५ दिनसम्म संचालन गरियो। यो कार्यक्रम पोखरा
महानगरपालिका र स्थानीय वडासँगको सहकार्यमा सञ्चालन भएको हो ।
प्रस्तुतकर्ता
कार्यक्रमलाई मानसिक स्वास्थ्य र सामाजिक कार्यका क्षेत्रमा विज्ञ रहेको एक समूहद्वारा संचालन गरियो ।
प्रस्तुतकर्ताहरुः
रोशिना कुँवर – कार्यक्रम प्रमुख
डा. अचुत आचार्य – मानसिक स्वास्थ्य चिकित्सक
पवन पौडेल – व्यवस्थापक निर्देशक ÷ मानसिक स्वास्थ्य सामाजिक कार्यकर्ता
आशिका रानााभट – सामाजिक कार्यकर्ता
नमुना कार्की – सहजकर्ता
ख. कार्यक्रमको उद्देश्य
मानसिक स्वास्थ्य पोखरा परियोजनाका मुख्य उद्देश्यहरू निम्नलिखित छन्ः
१. मानसिक स्वास्थ्यको बारेमा जनचेतना फैलाउनुः मानसिक स्वास्थ्य, यसको समस्याको कारण, लक्षण र महत्वबारे
जनचेतना वृद्धि गर्नु।
२. समाजद्वारा निर्मित मानसिक स्वास्थ्य सम्बन्धी कलंक कम गर्नुः समुदायमा मानसिक स्वास्थ्यसँग सम्बन्धित कलंक
घटाउनु।
३. सहानुभूति र मानवताको भावनालाई बढावा दिनुः सहभागीहरूलाई मानसिक स्वास्थ्य समस्यामा रहेका
व्यक्तिहरूसँग सहानुभूति र समझदारी राख्न प्रोत्साहन दिनु।
४. तनाव व्यवस्थापनः सहभागीहरूलाई तनावको पहिचान गर्न र प्रभावकारी रूपमा तनाव व्यवस्थापन गर्न सिकाउनु।
५. मानसिक स्वास्थ्य सम्बन्धी व्यवहारिक सीपहरू सिकाउनुः विद्यार्थी, शिक्षक र समुदायका सदस्यलाई स्वस्थ
मानसिक स्वास्थ्य कायम राख्नका लागि अभ्यासहरुका बारेमा जानकारी प्रदान गर्नु ।
ग. कार्यक्रम कार्यविधि
कार्यक्रमलाई अत्याधिक अन्तरक्रियात्मक र प्रभावकारी सिकाइ सुनिश्चित गर्नका लागि विभिन्न विधिहरूकोप्रयोग
गरिएको थियो। कार्यविधिमा निम्नलिखित कुराहरु समावेश थिएः
१. मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, र मानसिक स्वास्थ्य समस्याहरू बुझ्नका लागि विज्ञद्वारा प्रस्तुतिहरू ।
२. अन्तरक्रियात्मक छलफलः यस कार्यविधि मार्फत सहभागीहरुलेसक्रिय रूपमा छलफलमा भाग लिए ।
३. थेरापीः सहभागीहरूलाई तनाव कम गर्ने अभ्यास गराइयोजसलेउनीहरुमा सकरात्मक उर्जा प्रदान गर्न मद्दत
पु¥यायो।
४. तालिमः शिक्षक र अभिभावकहरूको लागि आत्महत्या रोकथाम तालिम प्रदान गरियो।
५. व्यक्तिगत परामर्श सत्रहरूः केही सहभागीहरूलेडाक्टर मार्फत व्यक्तिगत परामर्शपनि प्राप्त गरे।
घ. कार्यक्रम गतिविधिहरू
कार्यक्रमका मुख्य गतिविधिहरूः
१. प्रस्तुतिकरण
२. अन्तरक्रियात्मक छलफलहरू र प्रश्नोत्तर
३. बटरफ्लाइ हग थेरापी
४. भिडियो प्रदर्शन
५. गेटकीपर तालिम
६. व्यक्तिगत परामर्श
ङ. कार्यक्रमको परिणाम
कार्यक्रमले निम्नलिखित मुख्य परिणामहरू प्राप्त ग¥योः
१. सक्रिय सहभागिताः विद्यार्थी, शिक्षक, र समुदायका सदस्यहरूले कार्यक्रममा सक्रिय रूपमा भाग लिए जसमा
विशेष गरी प्रश्नोत्तर र सामुहिक खेलहरूमा बढी रुचाइएको देखियो ।
२. सहभागीहरुमा जागरूकता र विषयप्रतिको बुझाइः सहभागीहरूले मानसिक स्वास्थ्य समस्याहरू, तनाव
व्यवस्थापनका उपायहरु, र मानसिक स्वास्थ्य चुनौतीहरू सामना गर्दै गरेका व्यक्तीलाई सहयोग पु¥याउनका लागि
चाहिने महत्वपूर्ण ज्ञान प्राप्त गरे।
३. मानसिक स्वास्थ्य समस्याको पहिचानः डा. अचुत आचार्यद्वारा गरिएको व्यक्तिगत परामर्श सत्रहरू मार्फत धेरै
विद्यार्थीहरूमा मानसिक स्वास्थ्य समस्या जस्तै चिन्ता, डिप्रेसन र ब्म्ज्म् को पहिचान गरियो ।
४. तनावका कारणहरूको पहिचानः कार्यक्रमद्वारा विद्यार्थीहरूमा भएका मूख्य तनावका कारणहरु पत्ता लागे ।
जस्तैः पारिवारिक समस्या, विद्यालय र शिक्षकहरूको कडा व्यवहार, साथीहरुबाट भएको दुव्र्यवहार, र समयको
अनुचित व्यवस्थापन, आदि ।
५. व्यवहारिक सीपहरूको बारेमा जानकारीः विद्यार्थी र सहभागीहरूले तनाव व्यवस्थापनका लागि बटरपm्लाई हग
थेरापी र अन्य विधिहरूका बारेमा व्यवहारिक सीपहरूको ज्ञान हासिल गरे।
च. समावेश विद्यालय र संस्थाहरू
• Tal Barahi Secondary School
• Shree Shitala Devi Community Secondary School
• Srijana Secondary School
• Lake City College Research Centre
• New Model Secondary School
• Armed Police Force -APF
• Tarakunja Secondary School
• Pokhara Learners Academy
• Gandaki University
• Shree Krishna Secondary School
• PGK Secondary School
• Mahendra Secondary School
• Bhavisya Nirmad Secondary School
• Sahid Secondary School
• Brahma Kumari Ishwariya Vishwa Vidyalaya Rajyoga Meditation Centre
• Balodaya English Boarding School
• Balodaya Secondary School
• Fishtail Academy
छ. कार्यक्रमले सामना गरेका चुनौतीहरूः
यस कार्यक्रमको सफलताका बाबजुद केही चुनौतीहरूको सामना गर्नुपरेकोथियोः
१. सहभागिहरुद्वारा यस विषयमा सुरुवातमा कुराकानी गर्न हिच्किचाहट ः केही सहभागीहरू मानसिक स्वास्थ्यको बारेमा
छलफल गर्न असहजता महशुस गरिरहेका थिए, र यो साधारण कुरा पनि हो । तर डा. अचुत आचार्यले छलफलका
लागि सहज वातावरण सृजना गर्न महत्वपूर्ण भूमिका निभाए ।
२. मानसिक स्वास्थ्य समस्या भएको तर थाहा नपाएको अवस्थाः धेरै विद्यार्थीहरूमा मानसिक स्वास्थ्य समस्याहरू जस्तै
डिप्रेसन वा चिन्ता भएको तर के हो भनी थाहा नपाएको अवस्था थियो । तर व्यक्तिगत परामर्शले यी लुकेका
समस्याहरूलाई पत्ता लगाउन मद्दत ग¥यो।
ज. कार्यक्रम निष्कर्ष
मानसिक स्वास्थ्य पोखरा परियोजनालेसफलतापूर्वक यससँग सम्बन्धित कलंकलाई सम्बोधन गर्दै २,००० भन्दा बढी
सहभागीलाई महत्वपूर्ण शिक्षा प्रदान ग¥यो। विज्ञहरुद्वारा प्रस्तुतिकरण, आकर्षक गतिविधिहरू र व्यवहारिक अभ्यासहरूको
माध्यमबाट विद्यार्थी, शिक्षक र समुदायका सदस्यहरूले तनाव व्यवस्थापन, मानसिक स्वास्थ्य समस्याहरूको पहिचान र
अरूलाई सहयोग गर्ने प्रक्रियाकोबारेमा महत्वपूर्ण जानकारी प्राप्त गरे।
यस परियोजनाले पोखरामा विशेष गरी विद्यालय र समुदायहरूमा मानसिक स्वास्थ्यको बारेमा जनचेतना वृद्धिमा योगदान
पु¥याएको छ, र सहभागीहरूलाई मानसिक स्वास्थ्य चुनौतीहरूको सामना गर्न आवश्यक ज्ञान र सीप उपलब्ध गराएको
छ । विद्यालय प्रशासन, शिक्षक–शिक्षिका साथै समुदायका प्रधान व्यक्तीहरूको संलग्नताले गर्दा मानसिक स्वास्थ्यको
बारेमा छलफल गर्न र कार्यक्रमको उचित कार्यान्वयनका लागि निकै सहयोग पुगेको थियो ।
झ. सल्लाह र सुझावः
१. सूक्ष्म स्तर (व्यक्तिगत)ः
विद्यार्थीहरूः व्यक्तिगत तवरबाट स्वस्थ मानसिक स्वास्थ्य र सकरात्मक सोच विकास गर्नका लागि तनाव निर्मूलिकरणका
उपायहरु जस्तैसचेतपूर्ण ९mष्लमागलिभकक० र समय व्यवस्थापनका उपायहरुको अभ्यास गर्नुपदर्छ ।
अभिभावक र शिक्षकहरूः विद्यार्थीहरूमा मानसिक स्वास्थ्य समस्याका चिन्हहरू थाहा पाउन र यसको बारेमा
छलफलको लागि एक उदार अनि सहयोगी वातावरण सिर्जना गरिनुपर्दछ ।
२. मध्यम स्तर (विद्यालय÷समुदाय)ः
विद्यालयहरूः पाठ्यक्रममा मानसिक स्वास्थ्य शिक्षा समावेशीकरण । यसले विद्यार्थीसँगकोकुराकानी र विद्यालयमा
कार्यरत सम्पूर्ण व्यक्तिहरुमा जागरुकता ल्याउन मद्दत गर्दछ ।
परामर्श सेवाहरूः विद्यालयहरूले आवश्यक परेकोबेलामा परामर्श सेवा प्रदान गर्दै मानसिक स्वास्थ्य सहयोग प्राप्त
गराउनुपर्दछ ।
३. विस्तृत स्तर (नीति÷संस्थागत)ः फोटो फिचर

सरकारः मानसिक स्वास्थ्य शिक्षालाई राष्ट्रिय पाठ्यक्रममा सामेल गराइनुपर्दछ ताकि यसलेसमाजरहित कलंक
घटाउन र जागरूकता बढाउनमा टेवा पु¥याउनेछ ।
नीति निर्माणकर्ताः विद्यालय र समुदायमा मानसिक स्वास्थ्य सेवाहरू सुधार गर्न थप स्रोतहरू विनियोजन गरिनुपर्छ,
जसलेव्यक्ति, समुह र समाजकोआवश्यक्ताकोसुनिश्चितता निर्धारण गर्नेछ ।
अनुसूचि
चित्र १ः शितलादेवी मा.वि चित्र २ः प्रमाणपत्र वितरण चित्र ३ः श्री कृष्ण वि.
चित्र ४ः ब्रम्ह कुमारीमा कार्यक्रम गरिदैँ चित्र ५ः कार्यक्रम प्रमुखः रोशिना कुवँर र प्रतिनिधि ( ब्रम्ह कुमारी)
चित्र ६ः विद्यार्थीहरुको सहभागिता चित्र ७ः कार्यक्रम निर्देशक, पवन पौडेल




