असोज ३० गते २०८३ || October 16, 2026

विवाह बन्धनमा आशिफ र आरिफ


शनिबार, पुस २० २०८१०५:१९

विवाह बन्धनमा  आशिफ र आरिफ

नेपाली राष्ट्रिय क्रिकेटरद्वय आरिफ शेख र आशिफ शेख विवाह बन्धनमा बाधिनु भएको छ । वीरगन्जका शेख दाजुभाइले बिहीबार र शुक्रबार विवाह गर्नुभएको हो ।

२७ वर्षीय आरिफले बिहीबार स्थानीय सवाना खातुनसँग र २३ वर्षीय आसिफले शुक्रबार वीरगन्जकी आरजु अन्सारीसँग लगनगाँठो कस्नुभएको  छ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर आसिफ शेख पनि वैवाहिक बन्धनमा बाँधिएका छन् । आरिफ र आसिफ दुवैले मागी विवाह गर्नुभएको हो ।

आरिफ राष्ट्रिय टोलीका अलराउन्डर हुनुहुन्छ भने आशिफ विकेट किपर तथा ओपनर ब्याट्सम्यान हुनुहुन्छ । आशिफ हालै काठमाडौँमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) विजेता जनकपुर बोल्ट्सका मार्की खेलाडी समेत हुनुहुन्थ्यो । यस्तै दाजु आरिफ एनपिएल उपविजेता टोली सुदूरपश्चिम रोयल्सका महत्त्वपूर्ण खेलाडी हुनुहुन्थ्यो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend