असोज २९ गते २०८३ || October 15, 2026

साफ च्याम्पिनसिपको मिति तय


बिहीबार , पुस २५ २०८१०३:०३

साफ च्याम्पिनसिपको मिति तय

 दक्षिण एसियाली फुटबलको ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको मिति सार्वजनिक भएको छ ।

दक्षिण एसियाली फु्टबल महासङ्घ (साफ) ले १५औँ संस्करणको साफ च्याम्पियनसिप आगामी जुन १५ देखि जुलाई २५ तारिखसम्म सञ्चालन गर्ने साफ कार्यकारी समितिको बैठकले निर्णय गरेको हो ।

वैठकले साफको यस संस्करण होम एन्ड अवे प्रणालीमा गर्ने निर्णय पनि गरेको छ । च्याम्पियनसिप आयोजना स्थल भने तय भएको छैन ।

वैठकले यसै वर्षदेखि साफ महिला तथा अर्को वर्षदेखि पुरुष क्लब प्रतियोगिता पनि आयोजना गर्ने, सन् २०२६ देखि साफ यु–२३ फुटबल च्याम्पियनसिप आयोजना गर्ने निर्णय पनि गरेको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend