कात्तिक १ गते २०८३ || October 17, 2026

विद्यार्थीको उज्ज्वल भविष्यको रेखा कोर्दै प्रधानाध्यापक अरुण कुमार थिङ


शुक्रबार, पुस २६ २०८१०९:४३

विद्यार्थीको उज्ज्वल भविष्यको रेखा कोर्दै प्रधानाध्यापक अरुण कुमार  थिङ

काठमाण्डौ - सामुदायिक विद्यालयको स्तर घटिरहेको बेला प्रधानाध्यापक अरुण कुमार थिङले भने नयाँ चमत्कार गरेका छन् । उनले श्री प्रभात माध्यामिक विद्यालयमा नयाँ-नयाँ शिक्षण प्रणाली अबलम्बन गरि विद्यार्थीको भबिस्य निर्माणमा चमत्कार गरेका हुन् ।

सिन्धुलीको कमलामाई नगरपालिका १३ नम्बर वडामा पर्ने श्री प्रभात माध्यामिक विद्यालयलाई नमुना विद्यालयको रुपमा राज्यले घोषणा नगरेपनि हेर्दा नमुना भन्दा कम छैन, जहाँ सफा प्रांगण देखि शिक्षाको गुणस्तर नै फरक रहेछ । जंगलको विचमा शान्त वातावरण रहेको सो विद्यालयमा अनुशासाशित विद्यार्थीहरुले राम्रोसँग पठनपाठन गरिएको देखियो । विद्यालय समयसीमा भित्र विद्यार्थीहरुको निगरानी राम्रोसँग हुने रहेछ। 

विद्यालय खुलेको प्रत्येक सांझ ४ बजे सडक दुर्घटना नहोस भन्नका निमित्त सबै वालबालिकालाई रोड क्रस गराएर शिक्षकहरु आफ्ना आफ्ना गन्तव्यमा लाग्ने गरेका छन् । पछिल्लो समय विभिन्न ठाउमा स्कुल जाने र घर फर्किने बेला सडक दुर्घटनामा परि धेरै बालबालिकाको मृत्यु भएको खबर नसुनेको भने पक्कै छैनौं । विद्यार्थीहरुप्रति यति चासो देख्दा आश्चर्य लाग्यो । निजि विद्यालयमा जस्तै राम्रो हेरचाह हुने सरकारी विद्यालय प्रभात माविमा जो कोहि अभिभावकले आफ्ना बालबालिका सजिलै सो विद्यालयमा सुम्पिन सकिनेछ ।     

सरकारी विद्यालय भएपनि निजि भन्दा कमको रहेनछ । किनकि तेहा अंग्रेजी माध्यमबाट अध्यापन हुने रहेछ । उर्जाशील शिक्षकहरुले गर्दा त्यहाँको विद्यार्थीको नतिजामा गुणस्तर आएको प्रधानाध्यापक थिङले जानकारी दिए। पछिल्लो केहि वर्ष यता कृषि प्राविधिक शिक्षाको समेत व्यस्था गरिएको थिङले बताए । 

उनि भन्छन्, 'विद्यार्थीहरुलाई व्याहारिक शिक्षाको अभ्यासको रुपमा ड्रागन फुडको खेति गरि आफ्नो केहि आयस्रोत समेत बढाएको छु,। यसले अन्तरिक आर्थिक स्रोत जुटाउन सहज भएको छ । २६ ओटा आँपको विरुवा हुर्काएको छु । मौरी पालन देखि माछा पालन समते गरेर कृषि शिक्षाको व्यावहारिक ज्ञान दिने गर्दै आएका छौं ।' 

विद्यालयलाई सुधार्न आफुले सकेको मेहेनत गर्ने प्रधानाध्यापक अरुण कुमार थिङले प्रतिवद्धता जनाएका छन् ।
यसरी सबै सरकारी विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक लाग्ने हो भने निजि विद्यालयसँग प्रतिस्पर्धा गर्न सकिने श्री प्रभात माध्यामिक विद्यालय एक उदाहरण हो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend