असोज २९ गते २०८३ || October 15, 2026

संसदीय प्रणालीभित्र दलको भूमिका प्रमुख हुन्छ : सभामुख घिमिरे


आइतबार, पुस २८ २०८१०४:२८

संसदीय प्रणालीभित्र दलको भूमिका प्रमुख हुन्छ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलको भूमिका प्रमुख हुने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरुको भूमिका प्रमुख हुने बताउनुभएको हो । 

उहाँले दलले नै यो व्यवस्थालाई प्रभावकारी ढङ्गबाट स्थापित गर्ने जानकारि गराउनुभयाे । उहाँले दलको भूमिकामार्फत् दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीको प्रवर्द्धन हुने जिकिरसमेत गर्नुभयो । 

उहाँले राजनीतिक दल आफैँ आम जनतालाई ठिक दिशामा लैजाने र जनताका अभिमतलाई ठिक तरिकाले अभिव्यक्त गर्ने माध्यम रहेकाे बताउनुभयाे । जनताका अभिमतहरु उठाएर एउटा परिणाम दिने साधक नै राजनीतिक दल भएको बताउँदै उहाँले लोकतान्त्रिक विधिअनुसार नबनेको राजनीतिक दलहरुमाथि प्रश्न उठ्नु स्वभाविक भएको उल्लेख गर्नुभयाे ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend