असोज २९ गते २०८३ || October 15, 2026

प्रधानमन्त्री कप क्रिकेट : एपिएफले सुदूरपश्चिमलाई हरायो


शनिबार, माघ ५ २०८१०३:०४

प्रधानमन्त्री कप क्रिकेट : एपिएफले सुदूरपश्चिमलाई हरायो

विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुदूरपश्चिम प्रदेशमाथि सहज जित निकालेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको खेलमा एपिएफले सुदूरपश्चिमलाई ५९ रनले हरायो । जितसँगै एपिएफ अपराजित रहँदै समूह ‘ए’ बाट सुपर चारमा प्रवेश गरेको छ । 

हुस्सुका कारण ढिला सुरु भएको खेल १८ ओभरमा झारिएको थियो । जितका लागि एपिएफले दिएको एक सय २७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम निर्धारित १८ ओभरमा ६ विकेटको क्षतिमा ६७मा समेटियो । 

सुदूरपश्चिमका लागि कविता कुँवरले सर्वाधिक २९ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा एपिएफकी कप्तान इन्दु बर्मा र कविता जोशीले दुई दुई तथा सवनम राईले एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित १८ ओभरमा दुई विकेटको क्षतिमा एक सय २६ रन बनाएकोे थियो । एपिएफका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ५८ रन बनाउनुभयो । ममता चौधरीले अविजित ३६ र कविता जोशीले अविजित १३ रन बनाउनुभयो । 

बलिङमा सुदूरपश्चिमकी जानकी थापाले एक विकेट लिनुभयो । हारेपनि सुदूरपश्चिम समूहको उपविजेता बन्दै सुपर चारमा पुगेको छ । प्रतियोगितामा एपिएफ र आर्मीसहित सात प्रदेशको सहभागिता रहेको छ । 

सुपर चारमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् । सुपर फोर पछि शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्नेछन् । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend