कात्तिक १ गते २०८३ || October 17, 2026

समाजलाई अगाडि बढाउन संस्कृतिको महत्त्वपूर्ण भूमिका : उपप्रधानमन्त्री सिंह


बिहीबार , माघ १० २०८१०४:०६

समाजलाई अगाडि बढाउन संस्कृतिको महत्त्वपूर्ण भूमिका : उपप्रधानमन्त्री सिंह

उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ । बिहीबार धादिङ लोकसांस्कृतिक महोत्सवमा सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

‘‘हाम्रो समाजलाई अघि बढाउन संस्कृतिले धेरै ठुलो भूमिका निर्वाह गरिरहेको हुन्छ,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘त्यसैले आफ्नो पहिचानलाई बचाइराख्न पनि हामीेले सांस्कृतिक महोत्सवहरू मनाइरहनुपर्छ ।’’

उहाँले भाषा, संस्कृति बिर्सिए पहिचान मेटिने भन्दै आफ्नो संस्कृति, भेषभूषा,  कलासंस्कृतिलाई जिवन्त राख्नुपर्नेमा जोड दिनुभयो । लोकतान्त्रिक व्यवस्था आइसकेपछि सबैले आफ्नो कला, धर्म, संस्कृति जगेर्ना गर्न राम्रो वातावरण बनेको पनि बताउनुभयो । लोक संस्कृति जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरेकोमा उहाँले प्रशंसा पनि गर्नुभयो ।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले धादिङ जिल्लाको पूर्वाधार विकासमा सङ्घ, प्रदेश र स्थानीय तीनै तहको सरकारले मिलेर काम गर्ने बताउनुभयो । ‘‘आवश्यकता अनुसार प्राथमिकतामा राखेर तीनै तहका सरकार मिलेर काम अघि बढाउँछौं । सबै काम एकैपटक हुँदैन । नागरिकका लागि जे बढी आवश्यकता छ त्यसलाई पहिला अगाडि बढाउँछौं ।’’उहाँले भन्नुभयो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend