असोज २९ गते २०८३ || October 15, 2026

चार हजार बढी विद्यार्थीको मुटु परीक्षण


शुक्रबार, फागुन ९ २०८१०४:३८

चार हजार बढी विद्यार्थीको मुटु परीक्षण

बर्दिबासका चार हजार बढी विद्यार्थीको मुटुको परीक्षण गरिएको छ। नेपाल हार्ट फाउण्डेसन महोत्तरीको आयोजनामा विशेषज्ञ चिकित्सकको टोलीले विद्यालयमै पुगेर बिहीबार विद्यार्थीको मुटु परीक्षण गरेको हो। 

वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. प्रकाशराज रेग्मी र डा. अवनीभुषण शर्माको नेतृत्वमा १० जना विशेषज्ञ चिकित्सकको छुट्टाछुट्टै टोलीले बिहीबार बर्दिबास नगरपालिकाका आठ वटा वडाका चार हजार सात सय विद्यार्थीको मुटु परीक्षण गरेको हो। 

आयोजक नेपाल हर्ट फाउन्डेसन महोत्तरीका अध्यक्ष दीपक कार्कीले मुटुरोग बोकेका स्कुले बालबालिकामा पछि हुनसक्ने समस्यालाई निदान गर्ने उद्देश्यले नगर क्षेत्रका विद्यालयका बालबालिकाको मुटु परीक्षण गरिएको बताउनुभयो। 

शंकास्पद देखिएका विधार्थीलाई विद्यालयमै अत्याधुनिक प्रविधिद्वारा थप परीक्षण गरिएको उहाँको भनाइ छ। मुटुरोग विशेषज्ञ डा. रेग्मीले परीक्षण गरिएका विद्यार्थीमध्ये १५ जनामा मुटु समस्या पहिचान गरिएको बताउनुभयो। 

 

चिकित्सक टोलीले अप्रेसन गर्नु नपर्ने अन्य १३ जना विद्यार्थीलाई निःशुल्क औषधी वितरणसमेत गरेको छ।  बर्दिबास नगर प्रमुख प्रह्लाद क्षेत्रीले मुटु परीक्षणजस्तो जीवनोपयोगी कार्यक्रमलाई विस्तार गर्नु आवश्यक रहेको बताउनुभयो। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend