असोज ३० गते २०८३ || October 16, 2026

जनपक्षीय पत्रकार धनन्जय बुढालाई गाेविन्द शर्मा पत्रकारिता पुरस्कार


बुधबार, फागुन १४ २०८१०६:१३

जनपक्षीय पत्रकार धनन्जय बुढालाई गाेविन्द शर्मा पत्रकारिता पुरस्कार

 संवाद डबलीका सचिव धनञ्जय बुढा ‘गोविन्द शर्मा स्मृति पुरस्कारबाट सम्मानित भएका छन् । आइतबार काठमाडौँमा प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दास्रो अधिवेशनमा बुढासहति ३ जनालाई उपत्यका प्रदेशले पुरस्कार तथा सम्मान गरेको हो ।

अनलाईन डबली  डटकमका सम्पादकसमेत रहेका बुढासहति तीनैजनालाई नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व–सभामुख अग्निप्रसाद सापकोटाले सम्मानित गरेका हुन् । त्यसैगरी शक्ति लम्साल स्मिृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कुमार राउत तथा क्रियाशील महिला पुरष्कार पुष्पा महारालाई प्रेस सेन्टरले प्रदान गरेको हो ।

पुरस्कार छनौट समितिमा वरिष्ठ पत्रकार इश्वरी वाग्ले, पत्रकार बासुदेव श्रेष्ठ, पत्रकार गित चिमोरिया, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदी, प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समिति वरिष्ठ उपाध्यक्ष सागर पन्तले बुढा,राउत र महरालाई पुरस्कार दिन सिफारिस गरे अनुसार उनिहरु सम्मानित भएका हुन् । उपत्यका प्रदेश अध्यक्ष नवराज दाहालले आफ्नो कार्यकालमा प्रेस सेन्टरको उपत्यकमा प्रभावशाली उपस्थितिका साथै क्रियाशील पत्रकारहरुको हौसलाको लागि सो पुरस्कारको व्यवस्था गरेको बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगाल, प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समिति अध्यक्ष नवाराज दाहालले हस्ताक्षर गरेको सम्मान पत्रमा उल्लेख गरिएको छ,“प्रेस सेन्टर नेपालको विरासत एवं गरिमालाई उच्च राख्दै जनपक्षीय पत्रकारितामा मार्फत समाज रपान्तरणको अभियानमा तपाईले खेल्नु भएको भूमिकाको उच्च मल्याङकन गर्दै यस प्रदेशको दोस्रो अधिवेशनको अवसरमा गोविन्दा शर्मा स्मृति पत्रकारिता पुरस्कार सहति यो सम्मान–पत्र प्रदान गरिएको छ । आगामी दिनमा संगठनलाई थप व्यवस्थित, सवल र आत्मनिर्भर बनाउन महत्वपूर्ण मूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास सहित तपाइको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।”




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend