काठमाडौं- नेपाल टी–२० लिगमा विराटनगर सुपर किङ्सले पहिलो जित हासिल गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो । यो पोखराको लगातार चौथो पराजय हो । १४० रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर १७।५ ओभरमा ४ विकेट गुमाएर भेटायो । विराटनगरको लागि हुसेन तलतले ५० र अर्जुन साउदले २५ रन जोडे। पोखराको लागि कुशल मल्ल र शरद भेषवाकरले २–२ विकेट लिए ।
पहिले ब्याटिङ गरेको पोखराले १९ ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको हो। पहिलो खेलका कारण ढिला सुरु भएको खेललाई १९ ओभरमा निर्धारण गरिएको थियो । पोखराको लागि कुशल मल्लले १८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन बनाए। सिद्धान्त लोहनीले २६ र उपुल थरंगाले १९ रन बनाए ।