कात्तिक २ गते २०८३ || October 18, 2026

नाइजेरियामा भएको दुर्घटनामा २१ जनाको मृत्यु


पिपल अनलाइन
बुधबार, पुस १३ २०७९०५:००

नाइजेरियामा भएको दुर्घटनामा २१ जनाको मृत्यु

काठमाण्डौ -नाइजेरियामा सोमबार र मंगलबार भएको दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । सोमबार र मंगलबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परेर २१ जनाको ज्यान गएको यहाँका सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

देशको मध्यभागमा पर्ने कुवार तास्कुवाममा सोमबार दुई सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा परेर ११ जनाको ज्यान गएको छ । त्यसैगरी मंगलबार पनि देशको एक मुख्य राजमार्गमा सवारी दुर्घटना भएको र त्यसमा परेर १० जनाको ज्यान गएको थियो ।


  • सम्बन्धित विषय:

  • # नाइजेरियामा–भएको–दुर्घटनामा–२१–जनाको–मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend