असोज २९ गते २०८३ || October 15, 2026

नेपाल टी–ट्वान्टी लिगः आज पनि दुई खेल हुदै


पिपल अनलाइन
बिहीबार , पुस १४ २०७९०९:२७

नेपाल टी–ट्वान्टी लिगः आज पनि दुई खेल हुदै

काठमाण्डौं - नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा बिहीबार दुई खेलहरु हुँदैछन् । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । बिहिबार हुने पहिलो तथा प्रतियोगिताको एघारौं खेलमा पोखरा एभेन्जर्स र विराटनगर सुपर किंग्सबीच खेल हँदैछ । तीन खेल खेलेको विराटनगरले पहिलो जितका साथ अंक तालिकाको चौंथो स्थानमा रहेको छ । विराटनगर आज दोस्रो जितको खोजीमा रहेको छ । चार खेल खेलेर अंक विहीन पोखरा पहिलो जितको खोजीमा रहेको छ । पोखरा ४ खेलमा अंक विहीन रहेर अंक तालिकाको पुछारमा रहेको छ । यसै संस्करणको पहिलो भेटमा बुधबार विराटनगरले पोखरालाई ६ विकेटले पराजित गरेको थियो ।

आज नै हुने दोस्रो खेलमा फार वेस्ट युनाईटेड र जनकपुर रोयल्सबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ। पहिलो र दोस्रो खेल जितेको जनकपुर तेस्रो खेलमा भने पराजित भएको थियो । जनकपुर चौंथो खेलमा तेस्रो जितको खोजीमा रहेको छ । जनकपुर ३ खेलमा ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । तीन खेल खेलेर १ जित हात पारेको फार वेस्ट चौंथो खेलमा दोस्रो जितको खोजीमा रहेको छ । फार वेस्ट ३ खेलमा २ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।


  • सम्बन्धित विषय:

  • # नेपाल टी–ट्वान्टी लिगः आज पनि दुई खेल हुदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend