अमेरिकाले यमनमा हुथी विद्रोहीले 'घुँडा नटेकेसम्म' आक्रमण जारी राख्ने चेतावनी दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्म्पको आदेशपछि शनिबारदेखि अमेरिकी सेनाले यमनमा हुथी लक्षित आक्रमण गरिरहेको छ। अमेरिकाले त्यसलाई सैनिक कारबाही भनेको छ।
अमेरिकी रक्षामन्त्री पिट हेग सेथले आइतबार फक्स न्युजको अन्तर्वार्तामा रेड सीमा अमेरिकी जहाजहरूमा बम बारी गर्दैनौं भनेर घुँडा नटेकेसम्म आक्रमण जारी राख्ने बताएका हुन्।
हुथीले हामी अबदेखि तपाईंहरूको जहाजमा बमबारी गर्दैनौं, र तपाईंका ड्रोन माथि हमला गर्दैनौं भनेको एक मिनेटमै अमेरिकाले कारबाही रोक्छ। होइन भने यो जारी रहन्छ,' हेगसेथले फक्स न्युजलाई दिएको अन्तर्वार्तामा भनेका छन्।'