असोज ३० गते २०८३ || October 16, 2026

एसइईमा अनियमितता गरेको आरोपमा: दुई जना पक्राउ, निरीक्षक निष्कासित


मंगलबार, चैत १२ २०८१०७:२१

एसइईमा अनियमितता  गरेको आरोपमा: दुई जना पक्राउ, निरीक्षक निष्कासित

एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट चिट सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । 

परीक्षा भइरहेको बेला बाहिरबाट चिट बोकेर केन्द्रमा प्रवेश गरेको आरोपमा समसी ५ पोखरभिन्डाका ४५ वर्षीया विनित झालाई खखना केन्द्रबाट तथा बलवा १ बञ्चौरीका २२ वर्षीय रोहित साहलाई धमौरा केन्द्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका झालाई इलाका प्रहरी कार्यालय गौशाला तथा साहलाई इलाका प्रहरी लोहरपट्टीले सोधपुछ गरिरहेको जिल्ला प्रहरीका डिएसपी एवं सूचना अधिकारी सन्तुलाल जयसवारले बताए  । 


 

 

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend