असोज ३० गते २०८३ || October 16, 2026

ताप्लेजुङको ओलाङचुङगोलामा सुख्खा बन्दरगाह निर्माण गर्न माग


बिहीबार , चैत १४ २०८११०:५७

ताप्लेजुङको ओलाङचुङगोलामा सुख्खा बन्दरगाह निर्माण गर्न  माग

ताप्लेजुङको ओलाङचुङगोलामा सुख्खा बन्दरगाह निर्माण गर्नु पर्ने माग अघि सारिएको छ । नेपाल–चीन व्यापार प्रवर्द्धनका लागि सुख्खा बन्दरगाह निर्माण गर्न स्थानीयहरूले माग अघि सारेका हुन् । 

हाल उक्त नाकामा सडकको पहुँच भइसकेको र उत्तर दक्षिण सीमा जोडिने सबैभन्दा कम दुरीको सडक भएको हुँदा सो नाका सुख्खा बन्दरगाह निर्माण गर्न उचित हुने देखिएको फक्ताङलुङ गाउँपालिका ७ वडा अध्यक्ष छेतेन लामाले बताए । उनले गत सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै सुख्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न आग्रह गरेका  छन । 

ओलाङचुङगोलाको मवाटार क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण गर्नका लागि नेपाल इन्टर मोडल यातायात विकास समितिले मङ्गलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममा उक्त परियोजना समावेश गर्न आग्रह गरेको छ ।  




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend