भर्खरै माध्यमिक शिक्षा परिक्षा (एसईई)को परीक्षा सकिएको छ । एसईईको तयारीका लागि लामो समय अध्ययनमै बिताएकाले धेरै विद्यार्थी अहिलेको समय रमाइलोसँग बिताउने तयारीमा हुन्छन् ।
त्यसैले यो बिदाको समयमा परिवार र साथीभाइसँग रमाइलो गर्नुका साथै विभिन्न कोर्स गर्न सकिन्छ, जसले विद्यार्थीको सीप बढाउनुका साथै आगामी दिनमा अध्ययनमा पनि सहयोग पुर्याउन सक्छ ।यस्तै, कक्षा १० सम्म निश्चित पाठ्यक्रम पढेका विद्यार्थीहरूलाई अब भने आफ्नो रुचिअनुसारको विषय छनोट गर्नुपर्ने जिम्मेवारी पनि थपिएको छ । अब के गर्ने भनेर लिने निर्णयले भविष्यमा ‘के बन्ने ?’ भन्ने विषयलाई समेत निर्धारण गर्न सक्ने भएकाले त्यसको पूर्वतयारी समेत थाल्नुपर्ने समय आएको छ ।
खाली समयमा नयाँ कुरा सिक्न चाहनेहरूका लागि निम्न उपाय उपयुक्त हुन सक्छ ।
जस्तै,
१. डिजिटल कन्टेन्ट क्रियसन सम्बन्धी सीप
२.वेब डेभलपमेन्ट सम्बन्धी आधारभूत सीप लिने
३.मल्टिमिडिया
४.आधारभूत डेटा एनालिसिस सीप
५.डिजिटल मार्केटिङ