शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणको काम प्रभावित हुने भएको छ । शिक्षकहरू चैत २० गतेदेखि काठमाडौँमा शैक्षिक सडक आन्दोलनमा छन् । उनीहरूले एसईई लगायत कुनै पनि परीक्षाका उत्तरपुस्तिका परीक्षण नगर्ने जनाएका छन् । जसले गर्दा एसइईको उत्तरपुस्तिका परीक्षणको काम प्रभावित हुने देखिएको हो ।
बोर्डले असार ७ गते एसइईको नतिजा प्रकाशन गर्ने कार्यतालिका छ । शिक्षकहरूको आन्दोलनका कारण उक्त मितिमा नतिजा प्रकाशन गर्न समस्या हुने उनको भनाइ छ।
पाँच लाख विद्यार्थीका ३५ लाख थान उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने हुन्छ । त्यसका लागि शिक्षकहरूलाई परीक्षणको जिम्मेवारी दिइन्छ । तर, महासङ्घले उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेको हो ।
शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणको काम प्रभावित हुने भएको छ ।
यो सातादेखि नै उत्तरपुस्तिका परीक्षणको काम अघि बढाउनुपर्ने हुन्छ। तर, नेपाल शिक्षक महासङ्घले भोलीबाट शैक्षिक हड्तालको घोषणा गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले यो साताबाट कापी परीक्षणको काम नथालिए नतिजा प्रकाशन प्रभावित हुने बताए । ‘शिक्षकहरूले नै हो कापी परीक्षण गर्ने । उहाँहरू आन्दोलनमा हुनुहुन्छ ।
यथाशीघ्र शिक्षा ऐन जारी गर्नुपर्ने माग अघि सारेर आन्दोलन गर्दै आएका शिक्षकहरूलाई सरकारले वार्तामा आउन आग्रह गरेको छ । तर, उनीहरूले वार्ताको कुनै औचित्य नरहेको बताएका हुन् ।
‘हामीलाई वार्ता चाहिएको होइन । ऐन चाहिएको हो । जे जसरी हुन्छ, ऐन चाहियो । एक थान ऐन हातमा नपरेसम्म हामी काठमाडौँको सडक छाड्दैनौँ,’ महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।