असोज ३० गते २०८३ || October 16, 2026

एक वर्षमा विश्वभर झन्डै २ खर्ब लिटर बियर खाइयो !


पिपल अनलाइन
बिहीबार , पुस १४ २०७९०३:२७

एक वर्षमा विश्वभर झन्डै २ खर्ब लिटर बियर खाइयो !

काठमाण्डौ- गएको वर्ष विश्वभर बियरको खपत बढेको छ । सन् २०२१ मा विश्वभर मानिसहरूले झन्डै २ खर्ब लिटर बियर खपत भएको एक जापानी ब्रुअरी कम्पनीको तथ्याङ्कले देखाएको छ । जापानको प्रमुख बुअरी कम्पनी किरिन होल्डिङ्सको तथ्यांकले गत वर्ष विश्वभर १८ करोड ५६ लाख किलोलिटर १ खर्ब ८५ अर्ब ६० करोड लिटर बियर खपत भएको देखाएको छ । यो जापानको एउटा कम्पनीको तथ्याङ्क हो । वास्तविक तथ्याङ्क भने यो भन्दा बढी हुन सक्छ ।

समीक्षा अवधिमा खपत भएको कूल मध्ये ३ करोड ८० लाख ९० हजार किलोलिटर बियर चीनमा मात्रै खपत भएको छ । अघिल्लो वर्षको तुलनामा गएको वर्ष चिनियाँहरूले ५ दशमलव ६ प्रतिशत धेरै बियर खाएका छन् । चीनलाई पछ्याउने क्रममा अमेरिका दोस्रो स्थानमा छ । गत वर्ष भरी अमेरिकीहरुले २ करोड ४१ लाख ७० हजार किलोलिटर बियर खाएका छन् । यो पनि अघिल्लो वर्षको भन्दा १ दशमलव १ प्रतिशत धेरै हो ।

 तेस्रो स्थानमा रहेको ब्राजिलमा बियरको खपत समीक्षा अवधिमा ५ प्रतिशतले बढेर १ करोड ४५ लाख  ४० हजार किलोलिटरमा उक्लिएको छ ।  बियर खपतको मामिलामा गत वर्ष सातौं स्थानमा रहेको जापान यस वर्ष एक स्थान झरेर आठौं स्थानमा आएको छ । समीक्षा अवधिमा जापानीहरूको वियर खपत ४१ लख ८० हजार किलोलिटर मात्रै छ । यो एक वर्ष अघिको भन्दा ५ दशमलव २ प्रतिशत कम हो ।

 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend