असोज २९ गते २०८३ || October 15, 2026

आगामी वर्ष जेठमा दशौँ राष्ट्रिय खेलकुद नहुने


शुक्रबार, चैत २९ २०८१०५:३६

आगामी वर्ष  जेठमा दशौँ राष्ट्रिय खेलकुद नहुने

आगामी वर्ष जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद नहुने भएको छ । दोस्रो पटक मिति सार्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने तय थियो । 

शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद जेठमा नहुने निर्णय सुनाएका हुन् । 

२०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापन अवसर दुई वर्षपछि २०२८१ मंसिरमा दशौँ कर्णाली प्रदेशमा गर्ने गरी झण्डा हस्तानतरण गरिएको थियो ।

आर्थिक कारण देखाउँदै चैतमा पनि गर्न नसकिने भन्दै दोस्रो पटक मिति सारेर २०८२ जेठमा पुर्‍याइएको थियो । अब जेठमा पनि नहुने ऐएपछि दशौँ राष्ट्रिय खेलकुद यो आर्थिक वर्षमा टरेको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend