प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा शुक्रबार सम्बोधन नगर्ने भएका छन्।
दिउँसो १ बजे सुरु हुने बर्खे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको थियो। तर प्रमुख विपक्षी दलको नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सत्तारुढ नेपाली कांग्रेसकै सभापति शेरबहादुर देउवा अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीले बोल्ने कार्यक्रम स्थगित गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।