कात्तिक १ गते २०८३ || October 17, 2026

महानगरद्वारा एक हजार बालबालिकालाई न्यानो कपडा वितरण


पिपल अनलाइन
शुक्रबार, पुस १५ २०७९११:२८

महानगरद्वारा एक हजार बालबालिकालाई न्यानो कपडा वितरण

काठमाण्डौँ -भरतपुर महानगरपालिकाले स्कूले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । भरतपुर २८ वडामा रहेका १५ वटा आधारभूत विद्यालयहरूमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका झन्डै एक हजार जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गत कार्यकालमा शुरुआत भएको मेयरसँग बालबालिका कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण कार्यक्रमलाई बिहीबार पहिलो चरणमा सुरु गरेकी हुन् । महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलका अनुसार बिहीबार मात्रै भरतपुर–२८ मा रहेको आधारभूत विद्यालय सिसाबासमा आयोजित कार्यक्रममा एक हजार जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । भरतपुरको शिक्षालाई थप गुणस्तरीय बनाउने उद्देश्यसहित विद्यालयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइएको छ । 


  • सम्बन्धित विषय:

  • # महानगरद्वारा एक हजार बालबालिकालाई न्यानो कपडा वितरण
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend