नेकपा माओवादी केन्द्रले संसदको गतिरोध खुलाउन दुई बुँदे सहमतिको ड्राफ्ट तयार गरेको छ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले सहमतिका लागि माओवादीले दुई बुँदे सहमतिको ड्राफ्ट छलफलमा ल्याएको र त्यसमा आफूहरू सहमत रहेको बताएका छन्।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले माओवादीको ड्राफ्टमा आफूहरूको सहमति रहे पनि रास्वपाको असहमति देखिएको उल्लेख गरे।
रास्वपाले ल्याएको ड्राफ्टमा भने एमालेको असहमति रहेको उनले बताए।