कात्तिक १ गते २०८३ || October 17, 2026

चीनमा कोरोना भाइरसका सङ्क्रमितमा वृद्धि


मंगलबार, चैत १ २०७८०७:२२

चीनमा कोरोना भाइरसका सङ्क्रमितमा वृद्धि

सिन्हा - चीनमा केही दिनयता कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको पाइएको छ। चीनका विभिन्न सहरमा सोमबार मात्र कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या तीन हजार ५०७ जना भेटिएका नेशनल हेल्थ कमिसनले मङ्गलबार जनाएको छ।

नयाँ स्थानीय सङ्क्रमणमध्ये जिलिनमा ३ हजार ७६ शानडोङमा १०६, सान्सीमा ५३, तियान्जिनमा ५१, ग्वाङ्दोङमा ४८, फुजियानमा ३३, झेजियाङमा ३१, लिओनिङमा २४, जियाङ्सुमा २०, हेबेईमा १३ जनामा सङ्क्रमण देखिएको समाचारमा जनाइएको छ।

बाँकी घटनाहरु सांघाई, हेइलोङजियाङ, गान्सु, बेइजिङ, गुआङ्सी, युनान, गुइझोउ, आन्हुइ र हेनानमा देखिएको जनाएको छ। सोमबार कुल ९५ वटा आयातित कोभिड–१९ का घटना सार्वजनिक भएको आयोगले आफ्नो दैनिक प्रतिवेदनमा जनाएको छ।

सोमबार ११ हजार ९८४ जना कोरोनाका बिरामी उपचाररत थिए। जसमध्ये ८ जनाको अवस्था गम्भीर थियो। सन् २०१९ को डिसेम्बरमा चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस रोगको प्रकोपपछि मुख्य भूमिमा कूल चार हजार ६३६ व्यक्तिको यस भाइरस सङ्क्रमणको कारण मृत्यु भएको थियो।

त्यहाँका सबैजसो नागरिकालाई कोरोना पुनःहुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै निरन्तर परीक्षण गरिरहेको बताइएको छ।


  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # चिन


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend