असोज २९ गते २०८३ || October 15, 2026

सदनमा रास्वपाको अवरोध हटाउन प्रमुख दलका नेतासँग सभामुखको छलफल


मंगलबार, असार ३ २०८२०५:२८

सदनमा रास्वपाको अवरोध हटाउन प्रमुख दलका नेतासँग सभामुखको छलफल

प्रतिनिधि सभाको चौथो ठुलो दल रास्वपाले संसद अवरोध जारी राखेको विषयमा सभामुखले अहिले बानेश्वरमा प्रमुख पाँच दलसँग छलफल गरिरहेका छन्  ।

छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही छन् ।

सभामुखले संसदमा जारी अवरोध खुलाउने विषयमा गृहमन्त्री रमेश लेखक, सत्तापक्षका मुख्य सचेतक बर्तौला र रास्वपा प्रमुख सचेतक परियारसँग अलग अलग छलफल गरेका थिए ।

यसैबिच विभिन्न दलका सांसदहरूले सदनमा रास्वपा सांसदहरू निलो स्कार्फमा संसद प्रवेश गरेकोबारे सभामुखको ध्यानाकर्षण गराएका छन्। उनीहरूले संसदमा क्रमशः अमर्यादित गतिविधि भएको भन्दै नियन्त्रणका लागि आग्रह गरे।

सभामुखले यसबारेमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै संसदीय मर्यादाभित्र बस्नु स्वयं सांसद र राजनीतिक दलहरूको कर्तव्य रहेको बताउँदै आफू स्वनियमनको पक्षमा रहेको बताएका छन् । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend