श्री मा. वि. मरिण हायूटारबाट २०८१ को एस. ई.ई. परीक्षामा सहभागी हुनु भएका नियमित तर्फ ५५ जनामा ३.७० उत्कृष्ट जि. पि.ए. सहित सतप्रतिशत ग्रेडेड तथा ग्रेड वृद्धि तर्फ ८ जना सहभागी सम्पुर्ण सफल हुनु भएको थियो ।
घ्याङलेख गाउँपालिका २ मा रहेको उक्त विद्यालयमा ५५ जना परिक्षार्थी एसईई मा सहभागी थिए ।
अहिलेपनि शतप्रतिशत विधार्थीहरुले उत्कृष्ट नतिजा ल्याउन सफल भएको सोहि विद्यालयका प्राधानाध्यापक विजय कुमार थिङले जानाकारी दिनु भएको छ ।
‘‘विद्यालयमा नियमित अतिरिक्त कक्षाहरू, समर्पित शिक्षक टोली र अभिभावकको सहकार्यले यो उपलब्धि सम्भव भएको हो,’’ प्रअ थिङले भन्नुभयो ।
मा. वि. मरिण हायूटारले विगतका वर्षमा पनि राम्रो नतिजा ल्याउँदै आएको थियो ।
नतिजाका लागि अहोरात्र खट्नुहुने विषय शिक्षकहरु, प्यारा विद्यार्थी भाइबहिनीहरु लगायत सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक आभार। राष्ट्र कै उत्कृष्ट विद्यालय बनाउने दुरदृष्टि, योजना र रणनीति सहित नयाँ, उर्जाशिल र अथक टिम निर्माण भएकोमा, अत्यन्तै खुशी रहेको समेत प्रधानाध्यापक विजय कुमार थिङले व्यक्त गर्नुभएको छ ।
उत्कृष्ट जि. पि. ए. 3.70 (A+) ल्याउन सफल गरिमा लामालाई विशेष तथा सम्पूर्ण विद्यार्थीलाई नगरपालिका तथा विद्यालयले बधाई समेत ज्ञापन ज्ञापन गरेको छ ।
