सिद्धिमंगल माध्यमिक विद्यालयको २०८१ को एस. ई.ई. परीक्षामा सहभागी हुनु भएका विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
महालक्ष्मी नगरपालिकाको उत्कृष्ट विद्यालयमध्ये नगरपालिकाकै केन्द्रमा रहेको उक्त विद्यालय भौतिक पूर्वाधारमा समेत अत्यन्तै संम्पन्न रहेको थियो ।
सोहि विद्यालयमा ६१ जना परिक्षार्थी एस ईई मा सहभागी थिए।
अहिलेपनि झन्डै शतप्रतिशत विधार्थीहरुले उत्कृष्ट नतिजा ल्याउन सफल भएको सोहि विद्यालयका प्राधानाध्यापक मिन बहादुर अछामीले जानाकारी दिनु भएको छ ।
‘‘विद्यालयमा नियमित अतिरिक्त कक्षाहरू, समर्पित शिक्षक टोली र अभिभावकको सहकार्यले यो उपलब्धि सम्भव भएको हो,’’ प्रअ अछामीले भन्नुभयो ।
सहभागी विद्यार्थीमध्ये सिद्धी मंगल माद्यामिक विद्यालयमा ३.६० देखी ४.०० GPA ७ जना ३.२० देखी ३.६० GPA १९ जना २.८० देखी ३.२० GPA २९ जना , २.४० देखी २.८० GPA ४ जना उत्रिर्ण भएको पनि जानाकारी दिनुभयो ।
सिद्धि मंगल माद्यामिक विद्यालयले विगतका वर्षमा पनि राम्रो नतिजा ल्याएको थियो । र यस बर्ष पनि अत्यन्तै राम्रो नतिजा ल्याउन सफल भएको हो । साथै ११ कक्षाका गन्तब्य खोजिरहनुभएको विद्यार्थीहरुलाई यो विद्यालय उत्कृष्ट बन्न सक्नेछ जहाँ निम्न विषयपनि समावेश गरिएको छ ।
Computer Science
Hotel Management
Business Studies
Accountancy
Marketing
Economics
Low र Education (शिक्षाशास्त्र ) विषयहरु दक्ष तथा अनुभबी शिक्षकहरुद्वारा अत्यन्तै सुविधायुक्त वाताबरणमा अध्यापन हुने उक्त विद्यालयमा विद्यार्थीहरुको मुख्य रोजेका बिषयहरुसमेत पढाई हुनेगरेको छ।
