असोज ३० गते २०८३ || October 16, 2026

मुद्राको विनिमयदर कति छ?


शुक्रबार, साउन ९ २०८२११:५६

मुद्राको विनिमयदर कति छ?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर छ। आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रूपैयाँ ५६ पैसा निर्धारण गरिएको छ। बिहीबार पनि सोही मूल्य कायम थियो

युरोपियन युरो एकको खरिददर १६२ रूपैयाँ ०८ पैसा र बिक्रीदर १६२ रूपैयाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपैयाँ ८१ पैसा र बिक्रीदर १८७ रूपैयाँ ६२ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७४ रूपैयाँ ३८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ २१ पैसा र बिक्रीदर ९१ रूपैयाँ ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ३३ पैसा र बिक्रीदर १०१ रूपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपैयाँ र बिक्रीदर १०८ रूपैयाँ ४७ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ४१ पैसा र बिक्रीदर नौ रूपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २८ पैसा र बिक्रीदर १९ रूपैयाँ ३६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ८५  पैसा र बिक्रीदर ३८ रूपैयाँ ०१ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ २७ पैसा र बिक्रीदर चार रूपैयाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३२ रूपैयाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ ०७ पैसा र बिक्रीदर १० रूपैयाँ ११  पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ४७ पैसा र बिक्रीदर १४ रूपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ७१ पैसा र बिक्रीदर २१ रूपैयाँ ८१ पैसा तोकिएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend