बालाजु, साउन ९ – Himalaya Friends e.V., Germany को आर्थिक सहयोगमा काठमाडौं महानगरपालिका वडा नं. १६, बालाजुमा अवस्थित शितला मा.वि. मा गरिब तथा जेहेँन्दार विद्यार्थीहरूलाई लक्षित गरी शैक्षिक सामग्री वितरण कार्यक्रम साउन ९ गते शुक्रवार सम्पन्न भएको छ।
उक्त अवसरमा विद्यार्थीहरूलाई स्कुल झोला, ड्रेस, कापी, पेन्सिल, झोला, ट्र्याक सुट लगायतका सामग्रीहरू प्रदान गरिएको थियो। यो सहयोग कार्यक्रम Himalaya, Friends e.V., Germany र विद्यालयबीच सम्बन्ध स्थापना गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका श्री प्रशान्त रेग्मीको पहलमा सम्भव भएको हो।
कार्यक्रम विद्यालयकी प्राथमिक सइन्चार्ज देबु कुमारी शर्माको कुशल व्यवस्थापन र संयोजनमा सफलतापूर्वक सम्पन्न भएको थियो। सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षा तथा काठमाडौ महानगरपालिका वडा नम्बर १६ का वडा सदस्य शारदा सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा विव्यस शिअसङ्घ विद्यालयका प्रधानाध्यापक श्री लक्ष्मण श्रेष्ठ तथा विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको थियो।
सहभागि अभिभावकहरुले यस्तो सहयोगले विशेष गरी आर्थिक रूपमा कमजोर तर अध्ययनमा अब्बल विद्यार्थीहरूलाई थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै, हिमालय फ्रेन्ड्स इभीले यस कार्यमा योगदान दिएकोमा हार्दिक कृतज्ञता र धन्यवाद ज्ञापन गर्नुभएको थियो।