सिन्धुलीको गोलाञ्जोरमा एउटै परिवारका १६ जना सम्पर्कविहीन भएका छन् ।
सिन्धुलीको गोलाञ्जोर गाउँपालिका वडा नम्बर ६ बागेश्वरका १६ जना सदस्य भएको परिवार नै सम्पर्कविहीन भएको वडाध्यक्ष रबिन श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनका अनुसार घरमा पशु चौपायालाई अलपत्र छाडेर परिवारका सबै सदस्य सम्पर्कविहीन भएका हुन् ।
'गोलाञ्जोर गाउँपालिका वडा नम्बर ६ को छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्ने उर्मिला हायुको सम्पूर्ण १६ जना परिवार सम्पर्कविहीन भएकाले घरमा केही हल्का क्षति भएको र बाख्रा, कुखुरा, भैँसी अलपत्र अवस्थामा रहेको र सम्पूर्ण परिवार हराएको हुँदा खोजी कार्य जारी छ,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'कोही कसैसँग सम्पर्कमा आएमा सम्बन्धित निकाएमा खबर गरी आवश्यक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ।'