असोज ३० गते २०८३ || October 16, 2026

एएफसी यू-२० महिला एशियन कप छनोट खेल्ने टोली


बुधबार, साउन १४ २०८२११:३३

एएफसी यू-२० महिला एशियन कप छनोट खेल्ने टोली

 एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोट २०२५ का लागि नेपाली टोलीको घोषणा गरिएको छ ।टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले हिजो २३ सदस्यीय टोली घोषणा गरेको हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिर्सना चौधरीको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो।

जसमा लीला जोशी, करुण बुढाथोकी र सुजाता तामाङ गोलकिपर, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्‌मा लिम्बू पान्धक, सिम्रन राई, सन्जिता स्याङ्तान, गंगा रोकाया, अनिशा राई र सीता रोकाया डिफेन्डर, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी ९कप्तान० र सेनु परियार मिडफिल्डर तथा कुसुक खतिवडा, सुक्रिया मिया, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर फरवार्डमा छन्।

टोलीले आउँदो भदौ २३ देखि २८ गतेसम्म भूटानमा आयोजना हुने छनोटमा खेल्नेछ । नेपाल समूह बीमा छ । यो समूहमा उत्तर कोरिया, आयोजक भूटान र साउदी अरब पनि छन्।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend