असोज २९ गते २०८३ || October 15, 2026

बाँकेमा १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा


शुक्रबार, साउन १६ २०८२०४:०६

बाँकेमा १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा

बाँके जिल्लाका १५ हजार घरपरिवार यस वर्ष बाढी र डुबानबाट प्रभावित हुने पूर्वानुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले यो वर्ष १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा रहेको अनुमान गरेर सो जोखिमलाई न्यूनीकरण गर्न पूर्व तयारी गरिएको छ । 

सूचना व्यवस्थापन अधिकृत ज्ञवालीका अनुसार बाढी र डुबानबाट हुने क्षति न्यूनीकरण गर्न जिल्ला विपद व्यवस्थापन समिति र जिल्लाका आठ वटै स्थानीय तहले पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारेर सोही बमोजिम काम गरिरहेका छन् । 

उता, जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले मनसुन सुरु भइसकेको अवस्थामा बाढी र डुबानबाट स्थानीयलाई जोगाउन पूर्वतयारी तथा जोखिम न्यूनीकरणका सबै काम पूरा गरेर कार्यान्वयनको प्रक्रियामा रहेको बताउनुभयो । 

स्थानीय तहहरुले पनि आफ्नो कार्ययोजना तयार गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेको जनाउँदै उहाँले स्थानीयलाई सचेत पार्ने कार्यहरु तीव्र पारिएको बताउनुभयो । बाढी र डुबानको सबैभन्दा बढी जोखिममा रहेको राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा विशेष तयारी भइरहेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend