असोज २९ गते २०८३ || October 15, 2026

यी विभिन्न काम र प्रयासबाट उत्कृष्ट नतिजा ल्याउन सफल


शनिबार, भदौ ७ २०८२०३:१२

यी विभिन्न काम र प्रयासबाट उत्कृष्ट नतिजा ल्याउन सफल

शैक्षिक सत्र २०८१ को कक्षा १० को नतिजा सुधारका लागि गरिएका प्रयासहरु यस प्रकार छन् ।

शैक्षिक सत्र २०८० को एसइइ परिक्षाको नतिजाबाट समीक्षा गर्दै, के कारण नतिजा कमजोर हुन पुग्यो ? र कसरी सुधार गर्न सकिन्छ भन्ने बहस र छलफल म लगायत विशेषत कक्षा १० मा अध्यापन गर्ने साथीहरु बिच सघन  रुपमा छलफल चलाइयो। तत् पश्चात छलफल र बहसको निचोडको रुपमा निम्न लिखित कदम चाल्दै अगाडि बढेमा सकारात्मक र परिणाममुखि नतिजा हासिल गर्न सकिन्छ भनी तल उल्लेखित चरण अपनाउने उद्घोष गरियो ।

१. कक्षा १० का विद्यार्थीहरुको पृष्ठभूमि, विशेष रणनीति अपनाइ अध्ययन, अनुसन्धान र विश्लेषण गरि तिनीहरुको व्यक्तिगत, पारिवारिक, सामाजिक र आर्थिक अवस्थाको ठोस पहिचान निकाल्यौ ।

२. विद्यार्थीहरुको ब्यत्तिगत बानी व्यवहार, क्रियाकलाप, अभिरुचि र वर्तमान अवस्थाको ठोस मूल्याडकन गरियो ।

३. विद्यार्थीहरुको हालसम्मको बौद्धिक स्तर (ज्ञान, सिप, सक्षमता र अभिवृद्धिको ठोस पहिचान गरि सोको आधारमा सक्षमता निर्धारण गरियो । 

४. अभिभावक भेला बोलाइ विद्यार्थी प्रति उहाँहरुको अपेक्षा के छ भनी मनोभावनाको आधारमा अभिभावक अभिमुखीकरण कार्यकम संचालन गरियो ।

५. विद्यार्थीहरु सहित अभिभावक अभिमुखीकरण एवंम् अन्तरकियात्मक कार्यक्रम गरियो ।

६. जसबाट आर्थिक समस्या, समय पालनाको समस्या, विद्यार्थीहरुको व्यक्तिगत बानी व्यवहारमा सुधार गर्दै नकारात्मक सोच बदल्दै सकारात्मक र राम्रो नतिजा हासिल गर्ने प्रतिबद्धता कायम गरियो ।

७. जेहन्दार र कमजोर विद्यार्थी पहिचान गरी अलग अलग समूह निर्माण गरी शिक्षक विद्यार्थी बीच र विद्यार्थी  विद्यार्थी  बीच सिकाइ प्रक्रिया प्रभावकारी ढड. गले संचालन गरियो ।

८. विद्यार्थीलाई नियमित र समय पालनमा विशेष निर्देशन र निगरानी गरियो ।

९. पाठ्यकम, गीड र प्रश्न पत्रको बनावटलाइ शिक्षक मात्र नभइ स्वयम विद्यार्थीलाई जानकार गरायौ।

१०. कक्षा, एकाइ, साप्ताहिक र त्रैमासिक परीक्षालाइ विशेष किसिमले संचालन गरी त्यसको समीक्षा गरी विद्यार्थीलाई पृष्ठपोषण प्रदान गरियो ।

११. शनिवाश्चरीय परीक्षालाई  विशेष मूल्याङकनको कडीको रुपमा लागु गरियो । जसको नतिजालाई   विद्यार्थी र अभिभावक बीच छलफल गरी राम्रोलाइ तत्काल प्रोत्साहन र कमजोरलाइ विशेष सुधारात्मक कदम चालियो । हरेक परीक्षाबाट थप सुधार ल्याउने जुक्ति अपनाइयो ।

१२.परीक्षामा ठिक समयमा सहभागी हुने देखि प्रश्नपत्र पढने र बुझने, लेखन शुरु गर्ने, प्रत्येक प्रश्नलाइ दिने समय छुट्याउने सम्मका अभ्यास गराइयो ।

१३.  विद्यार्थीलाई अतिरिक्त समयको किटान गरी बिहान छ बजे देखि बेलुकी ५ बजे सम्म स्कूलमै । खाना तथा खाजाको व्यवस्था सहित समय तालिकाका आधारमा अध्ययन अध्यापन सुचारु गरियो ।

१४. कक्षा कार्य र गृहकार्यलाइ पनि त्यत्तिकै जोड तोडले लागु गरियो। गृहकार्यको लागि अभिभावकलाइ विशेष सचेत गराइयो ।

१५. आ आप्नो विषयको जिम्मेवारी स्वयम् विषयगत शिक्षक हो र त्यसको जवाफ देहिता पनि स्वयम् भन्नेमा सचेत हुदै विषयगत संयोजक तोकी अगाडि बढने निर्णयसाथ कार्यक्रम संचालन गरियो ।

१६. पाठ्यक्रमले तोकेको विषयवस्तु, शिक्षक निर्देशिका, पाठ्यपुस्तक बाहेक अतिरिक्त पाठ्य सामागी समेतबाट   विद्यार्थीलाई यथेष्ठ अभ्यास गराइ परीक्षाको तयारी गरियो ।

१७. परीक्षालाइ हाउगुजी ठान्ने पुरानो अबधारणालाइ बदल्दै नयां र भयमुत्त भइ आफनो ज्ञान, सिप, कला र सक्षमता प्रस्तुत गर्ने अवसरका रुपमा लिने दृढताको विकास गराइयो।

१८. सबै विषयका विषयवस्तु यथासम्भव र सान्र्दभिकताका आधारमा एकीकृत गरी शिक्षकहरु बीच समन्वयात्मक तरिकाले सिकाइ क्रियाकलाप संचालन गरियो । जसले एउटा विषयको विषयवस्तुले अर्को विषयलाइ सघाउन मद्दत मिल्यो ।

१९. विद्यार्थीको वैयक्तिक विवरणलाइ अध्यावधिक गरी नकारात्मक र सकारात्मक आनीबानीको विश्लेषण गरी आवश्यक सुझाब सहित प्रोत्साहन र दुरुत्साहनका कदम यथासीघ्र लागु गरियो ।

२०. विद्यालयको समग्र शैक्षिक वातावरणलाइ संकारात्मक बनाउने कुरामा विध्यालयको प्रशासनिक दायित्वबोधका साथ सचेततापूर्ण ढङ्गले व्यवस्थित गरियो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend