असोज ३० गते २०८३ || October 16, 2026

निजी विद्यालय सञ्चालकहरुले कालोपट्टी बाँधेर काठमाडौंमा प्रदर्शन


सोमबार, भदौ ९ २०८२०१:४४

निजी विद्यालय सञ्चालकहरुले कालोपट्टी बाँधेर काठमाडौंमा प्रदर्शन

 विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति विरोध जनाउँदै आएका निजी विद्यालय सञ्चालकहरुले कालोपट्टी बाँधेर काठमाडौंमा प्रदर्शन गरेका छन् ।

विद्यालय शिक्षा विधेयकमा पूर्णछात्रवृत्तिको व्यवस्था र गैरनाफामुलक भन्ने व्यवस्था हटाउनु पर्ने उनीहरुको माग छ। माग सम्बोधन नभए विद्यालय नै बन्द गर्ने चेतावनी उनीहरुले दिँदै आएका छन् ।

विद्यालय शिक्षा विधेयकको प्रतिवेदन संसदीय समितिबाट पास भएर प्रतिनिधि सभामा पेस भइसकेको छ ।

यस्ता छन् निजी विद्यालय सञ्चालकका माग–

१. विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना/खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने ।

२.‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनुपर्ने ।

३. कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैर–नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने ।

४. ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सीटीईभीटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारीदफाहरू खारेज गरिनुपर्ने ।

५. छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend