असोज २९ गते २०८३ || October 15, 2026

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते सञ्चालन हुने


बुधबार, असोज १ २०८२०२:०३

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते सञ्चालन हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ। यसअघि परीक्षा भदौ २८ र २९ गते गर्ने गरी तालिका सार्वजनिक गरिएको थियो। तर देशको वर्तमान परिस्थितिका कारण तालिका परिमार्जन गर्दै बोर्डले नयाँ मिति तोकेको छ।

नयाँ तालिका अनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा हुनेछ। एक मात्र विषयमा परीक्षा दिने विद्यार्थीले त्यही दिन परीक्षा दिनुपर्नेछ। दुई विषयमा पूरक परीक्षा दिने विद्यार्थीलाई भने पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend