असोज ३० गते २०८३ || October 16, 2026

बुटवलमा जिप अनियन्त्रित भई दुर्घटना हुँदा एक युवाको मृत्यु, २ घाइते


पिपल अनलाइन
शनिबार, पुस १६ २०७९०९:४४

बुटवलमा जिप अनियन्त्रित भई दुर्घटना हुँदा एक युवाको मृत्यु, २ घाइते

काठमाण्डौँ - गएराती साढे दुई बजे बुटवलमा सडक दुर्घटनामा परी प्यूठानका एक यूवाको मृत्यु भएको छ । गुडिरहेको डबल क्याप जिप अनियन्त्रित भइ दुर्घटना हुँदा गौमुखी गाउँपालिका १ प्यूठानका २८ वर्षीय रोशन गिरीको उपचारको क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

लुम्विनी प्रादेशिक अस्पताल बुटवलको आकस्मिक गेट अगाडि अनियन्त्रित भएर ग १ ज ६३६७ नम्बरको जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा परी सोही ठाउँका २९ वर्षीय सुरेश तामाङ र २९ वर्षकै मिनबहादुर तामाङ घाइते भएका छन् । प्रहरीका अनुसार गम्भीर अवस्थामा रहेका सुरेशको यूनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।  



  • सम्बन्धित विषय:

  • # बुटवलमा सडक दुर्घटना हुँदा एक युवाको मृत्यु, २ घाइते
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend