असोज ३० गते २०८३ || October 16, 2026

इजरायलले ४५ प्यालेस्टिनी बन्दीको शव फर्कायो,हमासले थप दुई जनाको शव बुझायो


बिहीबार , असोज ३० २०८२०१:०४

इजरायलले ४५ प्यालेस्टिनी बन्दीको शव फर्कायो,हमासले थप दुई जनाको शव बुझायो

हमास र इजरायलबीच भएको युद्धविराम तथा कैदी साटासाट सम्झौताअन्तर्गत बुधबार थप शवहरूको आदानप्रदान गरिएको छ।

बुधबार राति हमासले अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) मार्फत इजरायललाई दुई जना बन्धकको शव हस्तान्तरण गरेको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। शवहरू तेल अभिवस्थित फरेन्सिक केन्द्रमा पहिचानका लागि लगिएको बताइएको छ।

यसअघि सम्म हमासले इजरायललाई १० जना बन्धकको शव हस्तान्तरण गरिसकेको छ भने अझै १० जना बन्धकका शवहरू फिर्ता गर्न बाँकी छन्।

यसअघि मंगलबार दक्षिण गाजाको खान युनिसस्थित नासर अस्पतालले पनि ४५ वटा शव प्राप्त भएको जनाएको थियो। हालसम्म इजरायलले कुल ९० जना प्यालेस्टिनी कैदीका शवहरू फिर्ता गरेको छ।

शव फिर्ता प्रक्रिया अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताअन्तर्गतको एउटा महत्वपूर्ण चरण मानिएको छ।

यसअघि गाजाबाट बाँकी २० जना जीवित इजरायली बन्धकहरूलाई मुक्त गरिँदा करिब दुई हजार जना प्यालेस्टिनी कैदी र बन्दीहरू इजरायली जेलबाट रिहा भएका थिए।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend