असोज ३० गते २०८३ || October 16, 2026

नयाँ दिल्लीमा बम विस्फोटपछि नेपाल-भारत सिमानामा सुरक्षा व्यवस्था कडा


मंगलबार, कात्तिक २५ २०८२१०:५८

नयाँ दिल्लीमा  बम विस्फोटपछि नेपाल-भारत सिमानामा सुरक्षा व्यवस्था कडा

भारतको राजधानी नयाँ दिल्लीमा मंगलबार बम विस्फोटपछि नेपाल-भारत सिमानामा सुरक्षा व्यवस्था कडा गरिएको छ ।

दिल्लीको लालकिल्ला मेट्रो स्टेसन नजिक कारमा राखिएको बम विस्फोट हुँदा कम्तीमा ८ जनाको ज्यान गएको थियो । बम विस्फोटमा दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले सीमा नाकामा आउजाउ गर्नेमाथि जाँच कडा पारेको छ । सशस्त्र प्रहरी बल ३१ नम्बर गण बर्दियाले पनि सुरक्षा व्यवस्था कडा पारिएको सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले बताए । आपराधिक तत्व सीमा वारपार गर्न सक्ने भएकाले नेपाल भारत सीमामा सुरक्षाको व्यवस्था कडा पार्दे निगरानी बढाएको उनले जनाए ।

बर्दियासँग जोडिएको बहराइचस्थित सिमाना घना जंगल भएका कारण घुसपैठ हुन सक्ने भन्दै दुवै देशका सुरक्षाकर्मीले गस्ती बढाएका छन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend