कात्तिक १ गते २०८३ || October 17, 2026

अमेरिका जाने क्रममा पानामाको जंगलमा एक नेपाली युवाको मृत्यु


पिपल अनलाइन
शनिबार, पुस १६ २०७९१२:०२

अमेरिका जाने क्रममा पानामाको जंगलमा एक नेपाली युवाको मृत्यु

काठमाण्डौँ -रुकुम  रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १० का एक युवकको अमेरिका जाने क्रममा मृत्यु भएको छ । अवैध तरिकाले अमेरिका छिर्न लागेका आठबिसकोट– १० भयाउनेका २० वर्षीय मदन शाहीको पानामाको जंगलमा मृत्यु भएको हो । शाहीको डिसेम्बर ११ अर्थात् गत मंसिर २५ गते नै मृत्यु भएको थियो । पानामामा खोला तर्ने क्रममा भाइको बगेर ज्यान गएको ढिलो गरी जानकारी आएको उनका दाइ कपिल शाहीले जानकारी दिए । खोला तर्नका लागि राखिएको डोरी चुडिँदा खोलामा बगेर भाइको मृत्यु भएको जानकारी बिहीबार मात्र पाएको उनले बताए ।

भाइको टोलीमा अन्य नेपाली नभएका कारण मृत्युको जानकारी आउन समय लागेको उनले बताए । उनका अनुसार भाइसँग गएका केही व्यक्तिलाई ब्राजिलबाट फर्काइएको थियो भने अन्य देशका टोलीसँग भाइ मात्र अवैध मार्ग हुँदै अमेरिकातर्फ गएका थिए ।


  • सम्बन्धित विषय:

  • # अमेरिका–जाने–क्रममा–पानामाको–जंगलमा–एक–नेपाली–युवाको–मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend