आर्थिक वर्ष २०८१-०८२ मा स्वास्थ्य कार्यक्रमहरूको मूल्यांकनका आधारमा जिल्ला अस्पताल उदयपुर ८५.३८ स्कोरसहित कोशी प्रदेशभरिमा प्रथम स्थान हासिल गर्न सफल भएको छ। समीक्षा कार्यक्रममा जिल्ला अस्पताल तेह्रथुम दोस्रो, भोजपुर तेस्रो, सोलुखुम्बु चौथो र प्रादेशिक अस्पताल कटारी पाँचौँ स्थानमा रहे । अस्पतालका तर्फबाट डा. मुकेश झाले प्रशंसा–पत्र ग्रहण गरेका थिए ।
स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका सचिव डा. यदुचन्द्र घिमिरे र स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले उहाँलाई प्रशंसा–पत्र हस्तान्तरण गर्नुभएको अस्पताल प्रशासन प्रमुख भगवती खतिवडाले जानकारी दिएक छन् ।