क्रिकेट मैदानको फ्लड लाइटमा हुने खेलमा काठमाडौँले टस जितेर पहिले बलिङ रोजेका छन् । काठमाडौँको कप्तानी करण केसीले गरेका छन् भने सुदूरपश्चिमको नेतृत्व दिपेन्द्र सिंह ऐरीले गरेका छन् ।
काठमाडौँको जारी लिगमा यो दोस्रो खेल हुनेछ भने सुदूरले पहिलो खेल खेल्न लागेको छ । पहिलो खेलमा काठमाडौँले साविक विजेता जनकपुर बोल्टसलाई ५ विकेटले हराएको थियो ।