असोज २९ गते २०८३ || October 15, 2026

चितवनका रविले बनाए लगातार दोस्रो खेलमा अर्धशतक


बिहीबार , मंसिर ४ २०८२०५:३१

चितवनका रविले बनाए लगातार दोस्रो खेलमा अर्धशतक

 नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पाँचौँ खेलमा ब्याटिङ गरिरहेको चितवन राइनोजबाट मध्यक्रम ब्याटर रवि बोपाराले अर्धशतक बनाएका छन् । प्रतियोगितामा दोस्रो खेल खेलिरहेको चितवनबाट बोपाराको यो लगातार दोस्रो अर्धशतक हो ।

क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस हारेर ब्याटिङमा आएको चितवनबाट बोपाराले ४५ बलमा चार चौका र दुई छक्कासहित ५० रन पूरा गरेका छन्  । एनपीएलमा सबैभन्दा धेरै अर्धशतक बनाउने खेलाडीसमेत रहेका बोपाराको समग्रमा यो पाँचौँ अर्धशतक हो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend