बंगलादेशमा भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ । स्थानीय समय अनुसार आज बिहान १० बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड मापन भएको थियो । भूकम्पको धक्का भारतको कलकत्तासम्म महसुस भएको छ ।