कार्यक्रममा वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरी, अध्यक्ष इन्दिरा प्रसाई, डा.मानसाग्नि, डा.रामदयाल राकेश, मुक्तक साम्रज्ञी उषा शेरचन, प्रा.डा.ऋषिराम शर्मा, सुरबहादुर श्रेष्ठ र नरेन्द्रराज प्रसाईले स्रष्टा सीमा रोशीको स्वागत गर्दै उनलाई विविध उपहार प्रदान गरेका थिए।
कार्यक्रममा नइ एकेडेमी अस्ट्रेलियाका संस्थापक तथा अध्यक्ष रोशीले अस्ट्रेलियामा नेपाली भाषासाहित्यको श्रीवृद्धि र विस्तारका लागि नइ एकेडेमीले पहल गरेको बताएकी छिन् ।
अस्ट्रेलियामा नइ एकेडेमीको स्थापनापछि नेपाली संस्कृतिप्रति नेपाली माझ उत्साह बढेको भन्दै उनले थपिन् ‘नेपाली संस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि अस्ट्रेलियाको सरकारले पनि सहयोग गर्दै आएको छ।’