असोज ३० गते २०८३ || October 16, 2026

इजरायली हवाई आक्रमणमा २२ प्यालेस्टिनीको मृत्यु


आइतबार, मंसिर ७ २०८२११:२६

इजरायली  हवाई आक्रमणमा २२ प्यालेस्टिनीको मृत्यु

उत्तरी र मध्य गाजामा इजरायली हवाई आक्रमणमा कम्तिमा २२ प्यालेस्टिनीको मृत्यु भएको छ । हमासका मेडिकल तथा नागरिक रक्षा अधिकारीहरूले बताएका छन्। अधिकारीहरूले शनिबार आवासीय क्षेत्रहरू सहित पाँच स्थानमा आक्रमण भएको जानकारी दिएका  छन् । स्थानीय स्रोतहरूले मृत्यु हुनेमा हमासका एक वरिष्ठ कमाण्डर पनि रहेको संकेत गरेका छन् । इजरायली सेनाले गाजामा लक्षित गरिएका लक्ष्यहरू शनिबार अघि भएको घटनासँग सम्बन्धित रहेको भनेका छन् ।

सेनाका अनुसार, एक सशस्त्र व्यक्तिले गाजा पट्टीको पहेँलो रेखा पार गरेर इजरायली नियन्त्रित क्षेत्रमा प्रवेश गरे र सैनिकहरूमाथि गोली चलाएका थिए । हमासले इजरायलको आरोप अस्वीकार गरेको छ । दुवै पक्षले छ हप्ता अघि भएको युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप एकअर्कालाई लगाएका छन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend