नेपाल प्रिमियर लिग (एन्पिएल) अन्तर्गत आज डे-नाइट खेलमा कर्णाली याक्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा कर्णालीले टस जितेर बलिङ रोजेको छ । सुदूरपश्चिम आज लगातर तेस्रो जित निकाल्ने योजनामा छ । यता कर्णाली दोस्रो खेल जित्ने लक्ष्यमा छ ।