असोज २९ गते २०८३ || October 15, 2026

रेलले ठक्कर दिँदा ११ जनाको मृत्यु


बिहीबार , मंसिर ११ २०८२१२:४८

रेलले ठक्कर दिँदा ११ जनाको मृत्यु

चीनको दक्षिण–पश्चिमी सहर कुन्मिङमा एउटा रेलले रेल्वे कामदारको समूहलाई ठक्कर दिँदा ११ जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा दुई जना घाइते भएको बताइएको छ । भूकम्प पत्ता लगाउने उपकरणको परीक्षण गरिरहेको उक्त रेलले लुओयाङ टाउन रेल्वे स्टेसनमा ट्रयाकको घुमाउरो खण्डमा कामदारलाई ठक्कर दिएको  हो । चीनको रेल सञ्जाल विश्वकै ठूलो मानिन्छ, जुन एक लाख ६० हजार किलोमिटरभन्दा बढीमा फैलिएको छ । 

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend